• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

टिकट वितरणको गाँठो फुकाउन धुम्बाराहीको होटलमा कांग्रेसका तीन गुटको गोप्य बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणको विषयलाई लिएर तीनवटै प्रमुख गुटका नेताहरूबिच दौडधुप सुरु भएको छ। मिलाउन भन्दै गएराति काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा तीन गुटका नेताहरूबिच लामो छलफल भएको हो।

विशेष महाधिवेशनपछि संस्थापन पक्ष (सभापति गगन थापा समूह) का केन्द्रीय सदस्यहरू मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल एकै ठाउँमा भेला भएर छलफल गरेका हुन्। उनीहरूबिच विशुद्ध टिकट वितरण र गुटगत भागबन्डाका विषयमा कुराकानी भएको वार्तामा सहभागी एक नेताले जानकारी दिए।

तीन गुटका नेताहरूबिचको छलफल सकिएपछि सोही होटलमा रहेका पार्टी सभापति गगन थापासँग पनि नेता लेखक र डा. रिजालले छुट्टै कुराकानी गरे। चुनावी टिकटको टुङ्गो लगाउन दबाब बढेपछि नेताहरूले आन्तरिक गृहकार्य तीव्र पारेका हुन्।

टिकट वितरणको गाँठो फुकाउन आज पनि वार्ता गर्ने तयारी नेताहरूको छ। यद्यपि, आजको बैठक कति बेला बस्ने भन्ने समय भने यकिन भइसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖