काठमाडौ । प्रति उम्मेद्वार ५० हजार रुपैयाँ शुल्क लिइएको भनेर सार्वजनिक गरेपछि रास्वपाले आफ्नो समानुपातिक उम्मेद्वार सत्यकला राईलाई कारवाही गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीबाट राईको नाम हटाएको हो।
रा.स्व.पा. को आन्तरिक मतदानमा आदिवासी जनजाति महिलातर्फ १४,२०१ मत प्राप्त गरी सबैभन्दा बढी भेट ल्याउने उम्मेदवार थिए राई।
