झापा–५ मा रास्वपाका बालेन साहको बलियो उपस्थितिपछि एमाले अध्यक्ष केपी ओलीले राप्रपासँग चुनावी तालमेलको प्रयास गरेका छन्। ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पटक–पटक फोन गरे पनि लिङ्देनले फोन नउठाएर बेवास्ता गरेको राप्रपा नेताहरूको दाबी छ।
चुनावअघि गठबन्धन नगर्ने राप्रपाको स्पष्ट नीतिका कारण लिङ्देनले ओलीको प्रस्तावमा चासो नदिएको बताइन्छ। रास्वपाप्रति बढ्दो जनसमर्थन, एमाले र कांग्रेसबाट नेताहरू रास्वपामा खुल्न थालेपछि ओली दबाबमा परेको एमाले नेताहरूको भनाइ छ।
ओलीले दमकका राप्रपा मेयर रामकुमार थापासँग सहकार्यबारे छलफल गरे पनि औपचारिक सहमति हुन सकेन। अन्ततः लिङ्देनले गठबन्धन अस्वीकार गरेपछि दुबै पार्टीले एक–अर्काविरुद्ध उम्मेदवार खडा गरेका छन्।
