• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ ।

विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेलाको तयारीमा लागेको हो ।

राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् ।

खड्कासँग शनिबारमात्रै भेट गरेका एक निवर्तमान केन्द्रीय सदस्यले आफूहरू राष्ट्रिय भेलाको तयारीमा लागेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖