• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त, अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ ।

बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।

विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको खबर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖