• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जेनजी अभियन्ता सोडारीको स्वास्थ्य अवस्था गम्भीर, वीर अस्पतालमा भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौँ । विभिन्न ६ बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा विगत ९ दिनदेखि आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आज उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

लगातार ९ दिनसम्म अनसन जारी रहँदा समेत सरकारले कुनै चासो नदेखाई बेवास्ता गरेपछि अन्ततः उनको अवस्था नाजुक बनेको हो ।

सरकार युवा तथा जेनजी आन्दोलनका माग र मुद्दाप्रति अनुदार बन्दै आएको भन्दै जेनजी युनाइटेडका संयोजक सुजन पौडेलले यसलाई ‘सरकारको क्रूर र मानवीय संवेदनाहीन व्यवहार’ भनेर टिप्पणी गरेका छन् ।

वीर अस्पतालमा उपचाररत सोडारीको अवस्था अत्यन्तै सिकिस्त बन्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको डा. जगत विकले जानकारी दिएका छन् ।

सोडारी माइतीघर मण्डलामा ६ बुँदे मागसहित आमरण अनसनमा बस्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖