• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेकपा केन्द्रीय सदस्य कृष्णा केसी पार्टीबाट निष्कासित


  • धनकुटा खबर
  • .

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको एक पत्रमार्फत जानकारी गराएका हुन् ।

‘आगामी २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी ‘नमुना’ (बाँके) ले अन्य दलको निर्वाचन चिन्हमा उम्मेद्वारी दिएकोले निजलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको जानकारी गराइन्छ’, पत्रमा भनिएको छ ।

केसी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय हुँदै आएकी थिइन् । फागुन २१ को चुनावका लागि केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖