• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हामी झुक्दा समाज उठ्छ भने समाजकै सचेत नागरिक हुनुको नाताले म झुक्न तयार छु:खगेन्द्र सुनार


  • धनकुटा खबर
  • .

काठमाडौ । खगेन्द्र सुनार भन्छन् –

म सदगुरु ओशोको शिष्य हूँ ! शाकाहारी हुँ ! कुनै पशुपंक्षी हत्याको पक्षमा छैन ! सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु, मैले यस अघि नै भनिसकेको छु ! नेपाल हाम्रो हो !

धर्म हाम्रो पनि हो ! राष्ट्र र राष्ट्रियता प्रति हामी प्रतिबद्ध छौं ! तर पछिल्लो समय राष्ट्रिय जनावर गाईलाई लिएर सामाजिक सञ्जालमा नगरेको कर्म र बिषय तोडमोड गरी प्रचार गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

मेरै मुखबाट हो कि हो भनी नभएको विषय ओकल्न लगाई सामाजिक सदभाव भड्काउने प्रयास गरिएको प्रति सचेत रहँदै, यसबाट समाज र धार्मिक आस्थावान सबैमा पर्न गएको गलत भ्रम प्रति क्षमाप्रार्थी छु ! नगरेकै गल्तीको लागि माफी चाहन्छु ! हामी झुक्दा समाज उठ्छ भने समाजकै सचेत नागरिक हुनुको नाताले म झुक्न तयार छु !

देश पहिला,
देश पछि अरु…. त्यसपछि अरू !!
जय नेपाल !!!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖