• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

झापा–५ मा एमाले सुरक्षित छ, कुनै जोखिम छैन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहजै निर्वाचन जित्ने दाबी गरेका छन् । एमाले निकट प्रेस चौतारीले शुक्रबार काठमाडौँमा गरेको साक्षात्कारमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेलाई त्यहाँ कुनै जोखिम नभएको बताएका हुन् ।

झापा ५ मा ओलीसँग रास्वपाका बालेन शाह प्रमुख प्रतिस्पर्धी ठानिएका बेला पोखरेलले झापा ५ मा एमालेलाई निर्वाचन जित्न कुनै कठिनाइ नभएको दाबी गरेका हुन् ।

‘झापा ५ का जनता राजनीतिक रूपमा जागरूक जनता हुन् । जसले पञ्चायतका विरुद्ध आन्दोलनको शंखघोष गरे त्यो ठाउँका जनताले हरेक लोकतान्त्रिक आन्दोलनमा पनि नेतृत्वकारी भूमिका निर्वाह गरे’, पोखरेलले भने, ‘त्यो ठाउँका जनता पपुलिज्म र एनार्किजमको प्रभावमा परी परिणामलाई नै तलमाथि पार्छन् भन्ने पार्टीको मान्यता छैन ।’

उनले झापा–५ मा बालेन पक्षधरको मिडियाले मात्र हल्लाखल्ला गरेको बताए । ‘मतदाताको हिसाबले झापा–५ मा हामी सुरक्षित छौँ । त्यहाँ कुनै जोखिमको अवस्था छैन’, महासचिव पोखरेलको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖