• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यसरी चितवन उडे रास्वपा सभापति रवि लामिछाने, एम्बुलेन्समा राखेर जहाजसम्म लगिएको थियो


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन प्रस्थान गरेका छन् ।

खुट्टाको चोटका कारण उनी राम्ररी हिँड्डुल गर्न सक्ने अवस्थामा भने छैनन् । रवि घाइते भएयताको पहिलो तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा उनको बायाँ खुट्टा कुरकुच्चादेखि घुँडासम्म ब्यान्डेज गरेको देखिन्छ । खुट्टा खुम्च्याएर बस्न पनि असहज अवस्था छ ।

पत्नी निकिताले रविलाई एम्बुलेन्समा राखेर जहाजसम्म लगेकी थिइन् । चितवनमा पुगेर रविले आफ्नो निवासमै भेटघाटहरु गर्ने छन् । उनी चुनावी प्रचारका लागि तत्काल बाहिर निस्किन नमिल्ने चिकित्कसहरुले सुझाव दिएका छन् ।

लामिछाने चितवन २ बाट रास्वपा उम्मेदवार हुन् । झापामा पार्टीको चुनावी सभामा भाग लिन जाने क्रममा उनलाई खुट्टामा चोट लागेको थियो । त्यसयता उनी सार्वजनिक जीवनमा देखिएका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖