• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपालाई ओलीको काउन्टर: चुपचाप छाप होइन, सोचिबिचारी छाप !


  • धनकुटा खबर
  • .

काठमाडौ । मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनु पर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

रास्वपालाई लक्षित गर्दै उनले ‘चुपचाप छाप’ को नारालाई ‘साइको थ्रेट’को संज्ञा दिएका छन् ।

‘साइको थ्रेट’ले भन्छ– चुपचाप छाप । स्वस्थ निर्वाचन संस्कृतिले भन्छ– आँखा जुधाएर विमर्श र निर्णय । त्यसैले हाम्रो आह्वान– चुपचाप छाप होइन, सोचिबिचारी छाप । आँखा खोलेर भविष्य निर्माण,’ ओलीले भनेका छन् ।

रास्वपा समर्थकहरूले ‘चुपचाप घण्टी छाप’ को नारालाई सामाजिक सञ्जालमा व्यापकता दिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖