• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रीले शपथ लिँदा मुक्का हानाहान, केही सांसदको मुखमा र हातमा चोट


  • धनकुटा खबर
  • .

काठमाडौं । टर्कीको संसद्‌मा बुधबार सत्तारुढ र विपक्षी सांसदहरूबिच उग्र झडप भएको छ।

नयाँ मन्त्रीको शपथ ग्रहण रोक्न खोज्दा बुधबार मुक्का हानाहानले संसद् भवन रणमैदान बनेको थियो।

राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी ९सीएचपी०का सांसदहरूले विरोध जनाएका हुन्।

गुर्लेकले विगतमा विपक्षी नेताहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको आरोप लाग्दै आएको छ। सांसदहरूबीच मुक्का हानाहान हुँदा केही सांसदहरूको हात र अनुहारमा सामान्य चोट लागेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖