तत्कालिन नेकपा (माओवादी केन्द्र) उर्लाबारीका प्रभावशाली स्थानीय नेता मिलन दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन्। उनलाई एमालेले एक औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेको जनाएको छ।
दाहाल गत स्थानीय तह निर्वाचनमा उर्लाबारीमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारमध्ये सर्वाधिक मत ल्याउने उम्मेदवारका रूपमा परिचित छन्। उनको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।
एमालेका स्थानीय नेताहरूले दाहालजस्तो जनाधार भएका नेताको आगमनले उर्लाबारी क्षेत्रमा पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्। नवप्रवेशी दाहाललाई एमालेबाट मोरङ–१ का उम्मेदवार घनश्याम खतिवडा लगायतका नेताहरूले खादा तथा टीका लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि दाहालले देश र जनताको हितका लागि एमालेमार्फत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
