• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंविरुद्ध अफवाह फैलाएको कसुरमा म्याद लिने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । अफवाह फैलाएको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध म्याद थप गर्ने तयारी भएको छ ।

सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध अफवाह फैलाएको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिने तयारी प्रहरीले गरेको हो ।

भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।

उनीविरुद्ध अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप प्रसाईंमाथि छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖