• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा गर्जिए रवि लामिछाने : मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नुपर्ने छ


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आफूलाई सिध्याउने खोज्नेहरुलाई यही २१ फागुनमा जनताले जवाफ दिने बताएका छन् ।

उनले आफूलाई घेराबन्दी गरेर सखापै पार्न खोजिएको भएपनि नसकेको भन्दै अब जनताले हिसाब दिने बताए ।

आज चितवन–१ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लामिछानेले भने,‘हामीलाई त घेराबन्दी गरेका हुन्।उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन्।

मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन्। मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो ? भनेर सोधेका हुन् मलाई। त्यतिखेर मैले त जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ।’

उनले अब क्रान्ति हुने बताए । उनले भने,‘अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुने वाला छैन। यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ। यस पटक पूरा गर्नै पर्छ। राजनीतिको आडमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र गराएर, आ–आफ्नो ठाउँमा लगेर बजेटको गलत वितरण गरेर, ’मैले यति ल्याएँ र उति ल्याएँ’ भनेर देशका अन्य ठाउँलाई विभेद गरेको हिसाब यसपटक गर्नै पर्ने हुन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖