• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले भन्यो- एमालेको झण्डा जलाएका छैनौं


  • धनकुटा खबर
  • .

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेको झण्डा आफूहरुले नजलाएको जनाएको छ । उसले एमालेको झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेको छ ।

विहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको थियो ।

एमाले दाङ जिल्ला अध्यक्ष शिव कुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताहरुले एमालेको झण्डा जलाएको आरोप लगाउँदै ‘अपरिपक्वताको पराकाष्ठा’ भनेका थिए ।

रास्वपा सभापति रवि लामिछानेले भने एमालेको आरोपको खण्डन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖