काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु ले एमालेको झण्डा जलाइएको घटनाको विरोध स्वरूप आरआर क्याम्पस अगाडि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरेको छ।
अनेरास्ववियुका अनुसार यस्तो कदम एमाले झण्डा जलाउने कार्यप्रति कडा चेतावनी दिने उद्देश्यले गरिएको हो।
उनीहरूले यस घटनाप्रति राजनीतिक असहिष्णुता र अराजकतापूर्ण व्यवहारको विरोध जनाएका छन्।
