काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई जवाफ फर्काएका छन् ।
विकास निर्माणको सन्दर्भमा केही दिनअघि थापाले कानुन परिवर्तन गर्नुपर्नेछ भन्ने अभिव्यक्तिलाई लिएर लामिछानेले बल्ल यो कुरा थाहा भएछ भनेर टिप्पणी गरेका थिए ।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लामिछानेलाई जवाफ दिएका हुन् ।
‘म प्रधानमन्त्री बन्छु, जादु गर्छु, चटक गर्छु भनेर होइन, गर्नुपर्ने के छ ? संविधानमा केही बदलाव ल्याउनुपर्ने छ,’ उनले भने, ‘म संविधान र कानुनमा बदलाव ल्याउनका लागि पाँचवर्ष केही काम गरौँ भन्छु– एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ- यत्रो वर्ष के गरिस् ?
