• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कराचीँस्थित अमेरिकी वाणिज्य दूतावास नजिक झडप, ६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इस्लामवाद । पाकिस्तानको कराँचीस्थित अमेरिकी कन्सुलेट (वाणिज्य दूतावास) नजिक भड्किएको झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

झडपमा केही घाइते भएका छन् । पाकिस्तानी उद्धार संस्था एदी फाउन्डेसनका अनुसार प्रदर्शन उग्र बनेपछि हिंसात्मक अवस्था सिर्जना भएको थियो ।

यसअघि प्रदर्शनकारीहरूले कराँचीस्थित अमेरिकी कूटनीतिक नियोगतर्फ अघि बढ्ने प्रयास गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दा झडप भएको र धेरै व्यक्ति घाइते भएको बताइएको छ ।

घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ र अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र शीर्ष सैन्य कमाण्डरहरूको हत्याकाे विराेधमा प्रदर्शन भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖