• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

खामेनीको हत्याबारे रुसी राष्ट्रपति पुटिनले दिए प्रतिक्रिया


  • धनकुटा खबर
  • .

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्याबारे प्रतिक्रिया दिएका छन् । शनिबार अमेरिका–इजरायलले इरानमाथि हवाई आक्रमण गरेर सर्वोच्च नेता खामेनीको हत्या गरेको थियाे ।

त्यसकाे एक दिनपछि पुटिनले खामेनीको हत्यालाई ‘उद्दण्ड हत्या’ भन्दै टिप्पणी गरेका हुन् । रुसी राज्य सञ्चार एजेन्सी तासले राष्ट्रपति पुटिनले सो घटनाबारे प्रतिक्रिया दिएको जनाएको छ ।

पुटिनले खामेनीको हत्या मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मापदण्डको उल्लङ्घन हुने गरी भएको बताएका छन् । खामेनीलाई रुसमा विशिष्ट राजनेताका रूपमा स्मरण गरिने पनि उनले उल्लेख गरेका छन् । रुस र इरान लामो समयदेखि रणनीतिक सहयोगीका रूपमा रहँदै आएका छन् ।

इरानले रुसलाई सैन्य सहयोग, ड्रोन र ब्यालिस्टिक मिसाइल प्रदान गर्दै आएको छ भने युक्रेनसँगको युद्धका क्रममा रुसमा ड्रोन बनाउने ठाउँ बनाउन पनि इरानले सहयोग गरेको छ ।

यसअघि रुसी विदेश मन्त्रालयले अमेरिकी–इजरायली आक्रमणलाई अविचारी कदम र अनावश्यक सशस्त्र आक्रमण भन्दै निन्दा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖