सर्लाही । सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ ।
यो रास्वपा उम्मेदवार अमरेश सिंहले मतदान गर्ने बुथ हो ।
कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधि (पोलि एजेन्ट) बीच विवादपछि झडप भएको बुझिएको छ ।
श्री प्राथमिक विद्यालयको मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो । अहिले मतदानस्थल बाहिर ठूलाे संख्यामा सशस्त्र प्रहरी खटिएकाे छ ।
