• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अहिले म्याजिक-स्याजिकको कुरा भएन, रास्वपालाई शुभकामना: दाहाल


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अत्यधिक बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राम्रा काममा आफ्नो पार्टीको समर्थन रहने बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै रास्वपालाई शुभकामना दिएका हुन्।

निर्वाचन परिणामलाई सकारात्मक रूपमा लिएको बताउँदै उनले रास्वपाको सफलतालाई स्वागत गरे।

‘रास्वपाले जसरी अत्यधिक बहुमत ल्याएको छ, उहाँहरूलाई हाम्रो शुभकामना छ। उहाँहरूले राम्रो काम गरून्, राम्रो काममा हाम्रो साथ र समर्थन हुन्छ।’ उनले भने।

सञ्चारकर्मीले विगतमा उनले गर्दै आएको म्याजिक नम्बरको दाबीबारे प्रश्न गर्दा भने उनी त्यसबाट भने पछि हटे। उनले सुनाए, ‘अहिले म्याजिक-स्याजिकको कुरा भएन। रास्वपालाई शुभकामना।’

यसपटक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका दाहाल १० हजार २ सय ४० मतसहित विजयी भएका छन्।

यद्यपि, उनको पार्टीले भने निर्वाचनमा नराम्रो पराजय भोगेको छ। चुनावअघि आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका दाहालको दल नेकपाले यसपटक प्रत्यक्षतर्फ जम्मा ७ सिट मात्र प्राप्त गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖