• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।

इराकको सुरक्षा स्रोतले एएफपीसँग पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको बताएको बीबीसीमा समाचार छ ।

आक्रमणभन्दा झण्डै छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको थियो ।

सुरक्षा अलर्टमा भनिएको थियो, ‘इरानसँग जोडिएका आतंकवादी मिलिशियाले पटक–पटक मध्य बगदादको इन्टरनेशनल जोनमा आक्रमण गरिसकेका छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖