• Friday 9th of October 2026

सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग


  • धनकुटा खबर
  • .

भक्तपुर । नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरेको छ ।

युनियनका अध्यक्ष राजु ओलियाले आज जारी गरेको सूचना अनुसार यस युनियन आजैदेखि भङ्ग भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरूमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ सम्बन्धी निर्णय उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले उक्त सरकारी निर्णयलाई स्वागत गर्दै आफ्नो संरचना विघटन गर्ने निर्णय गरेको हो ।

युनियनले जारी गरेको सूचनामा भनिएको छ–नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु मध्ये ९ख० को ९उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता० बुँदा नं। १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖