• Wednesday 7th of October 2026

सुदन र कुलमानबीच सहकार्य गर्ने विषयमा छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं,बैशाख २३ । पूर्वमन्त्री सुदन किराँती र कुलमान घिसिङबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको छ ।

वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय मुद्दामा एक भएर जाने विषयमा किराती र घिसिङबीच छलफल भएको हो ।

चाबहिलस्थित एक घरमा भएको छलफलमा जनताका समस्यामा एक भएर जाने विषयमा छलफल भएको स्रोतले बतायो ।

किराती र घिसिङ हर्क साम्पाङसँग सहकार्य गरेर अगाडि बढ्ने विषयले चर्चा पाइरहेको बेला यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖