• Wednesday 7th of October 2026

भिजिट भिसा प्रकरण: पूर्वगृहमन्त्री लेखक र सचिव दुवाडीविरुद्ध मुद्दा नचल्ने, अख्तियारद्वारा फाइल बन्द


  • धनकुटा खबर
  • .

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीसहितका उच्च अधिकारीहरू विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।

यसअघि उनीहरूमाथि अनुसन्धान जारी रहेको भन्दै विशेष अदालतलाई जानकारी गराएको अख्तियारले अन्ततः ठोस प्रमाण फेला नपरेको भन्दै फाइल बन्द गरेको हो।

अख्तियार स्रोतका अनुसार तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईभन्दा माथिल्लो तहका पदाधिकारीहरूको संलग्नता पुष्टि हुने आधार नदेखिएपछि उनीहरूलाई उन्मुक्ति दिइएको हो।

अध्यागमनका सहसचिव तीर्थराज भट्टराई ७ जेठ २०८२ मा पक्राउ परेपछि यो सेटिङ प्रकरण सार्वजनिक भएको थियो। कर्मचारीहरूलाई प्रलोभनमा पारेर विमानस्थल अध्यागमनमा पठाउने र अवैध रूपमा रकम संकलन गरी भागबण्डा गर्ने गरेको आरोपमा तत्कालीन गृहमन्त्री लेखक, सचिव दुवाडी र सहसचिव छविराज रिजाल लगायतको नाम जोडिएको थियो।

आयोगले २१ मंसिर २०८२ मा सहसचिव भट्टराई लगायतका अन्य व्यक्तिहरूमाथि विशेष अदालतमा मुद्दा दायर गर्दा उच्च पदस्थमाथि पनि छानबिन भइरहेको उल्लेख गरे पनि अहिले प्रमाण अभावको कारण देखाउँदै उनीहरूमाथि मुद्दा नचल्ने गरी अनुसन्धान टुङ्ग्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖