• Wednesday 7th of October 2026

एसईईको नतिजा घोषणा, नतिजा कसरी हेर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार राति पत्रकार सम्मेलन गरेर नतिजा घोषणा गरेको हो ।

यस वर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए ।

नतिजा एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, यूएसएसडी र आइभीआर सेवा प्रयोग गरेर नतिजा हेर्न सकिने उल्लेख छ। त्यसैगरी जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१०६१ सर्टकोडमार्फत पनि एसएमएस सेवा उपलब्ध हुनेछ।

यस्तै, राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटसहित विभिन्न वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖