• Wednesday 7th of October 2026

२३ दिन पछि रूबी खानको अनसन तोडियो, भयो ५ बुदेँ सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ जेठ । विगत २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ । 

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै उनी पटक पटक अनसन बस्दै आएकी थिइन, यो पटक २३ दिन अनसन बसे पछि सरकारसँग ५ बुदेँ सहमति भएको हो  । 

सो सहमति सँगै उनले अनशन तोडेकी छिन, खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन् । 

बाँकेको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज, नेपालगञ्ज अस्पतालमा अनशनरत खानसँग प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेसहित प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दाहालले बार्ता तथा सम्बाद गरेका थिए ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖