• Wednesday 7th of October 2026

पक्राउ पुर्जीविरुद्ध शेरबहादुर देउवाको रिटमा सुनुवाइ जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाको पक्राउ पुर्जीविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ जारीरहेको  छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भइरहेको हो।

देउवाले आफू  र श्रीमती आरजुलाई पक्राउ पुर्जी जारी भएपछि सर्वोच्चमा रिट दायर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई रिटमा विपक्षी बनाइएको छ।

यस अघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवा दम्पत्ती पक्राउ गर्नुको कारणसहित लिखित जवाफ माग गरेको थियो।

गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको उनीहरूमाथि आरोप छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइसकेको छ। 

हाल देउवा दम्पत्ती विदेशमा छन्। 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖