• Wednesday 7th of October 2026

खरेलले बोल्दाबोल्दै केरुङले औँला ठड्याउँदै पाखुरा सुर्किन थालेपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूको विरोध कायमै रहँदा संसदमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

पर्यटन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल रोष्ट्रममा पुगेका थिए ।

प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले नाराबाजी र विरोध जारी राखिरहेका बेला सांसद खरेलले विपक्षी दलहरूमाथि नै कटाक्ष गर्दै अभिव्यक्ति दिएका थिए । त्यसपछि नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

बैठकका क्रममा केरुङले औँला ठड्याउँदै पाखुरा सुर्किन थालेपछि कांग्रेस प्रमुख सचेतक बासना थापा ले उनलाई सम्हालेकी थिइन् ।

सांसद खरेलले आफ्नो मन्तव्यका क्रममा विपक्षी दलहरूमाथि गम्भीर आरोप लगाएपछि संसदको वातावरण थप तनावग्रस्त बनेको थियो । विपक्षी दलहरू झनै आक्रामक बनेपछि सभामुख डोल प्रसाद अर्याल ले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖