काठमाडौं, १० असार । युरोपको बलियो मानिएको टिम इङ्ल्याण्डलाई अफ्रिकी मुलुक घानाले बराबरीमा रोकेको छ ।
अमेरिकाको बोस्टन फुटबल रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा घानाले इङ्ल्याण्डले गोल रहित बराबरीमा रोकेको हो । इङ्ल्यान्डले पटक पटक पाएको गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउन बिवश भएको हो ।
पछिल्ला ५ विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। र, यस विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो खेल हो । यसअघि स्पेन र केप भर्डे तथा बेल्जियम र इरानबीचको खेलपनि गोलरहित बराबरीमा सकिएको थियो ।
पहिलो खेल जितेका दुवै टोलीको समान ४ अंक भएको छ । यद्दपी, समूह ‘एल’ मा गोल अन्तरका आधारमा इङ्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।
दुवैको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ । इङ्ल्यान्डले अब समूहको अन्तिम खेलमा पानामासँग खेल्नेछ भने घानाले क्रोएसियाको सामना गर्नु पर्नेछ ।
