मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो पटक वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले गौरी स्प्रेटसँग आफ्नै घरमा आयोजित एक निजी समारोहमा विवाह गरेका हुन् ।
आमिर र गौरीको विवाहको पहिलो तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा आमिराका छोरा छोरी जुनैद खान र आइरा खान सहभागी थिए । जुनैद र आइरा आमिरकी पहिलो श्रीमती रीना दत्ताका सन्तान हुन् । गौरीका छोरा पनि सहभागी थिए ।
गौरी स्प्रेट पेसाले हेयर ड्रेसर हुन् । उनी सम्बन्ध विच्छेद भइसकेकी महिला हुन् । अघिल्लो विवाहबाट उनका एक आठ वर्षका छोरा छन् । इन्डिया टुडेका अनुसार आमिर र गौरीको विवाहमा करिब १०० देखि १५० पाहुनालाई आमन्त्रित गरिएको थियो ।
आमिरको पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग भएको थियो, जससँग सन् २००२ मा सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले सन् २००५ मा किरण रावसँग दोस्रो विवाह गरे । सन् २०२१ मा उनी किरणसँग पनि अलग्गिएका थिए ।
