• Sunday 4th of October 2026

फिफाले फाइनल खेलको मैदानको टुक्राहरू बिक्री गर्ने, ४५० डलर प्रति टुक्रा


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असार । फुटबलको विश्वव्यापी नियामक निकाय फिफाले विश्वकपबाट आम्दानी संकलन गर्न कुनै कसर बाँकी राखेको छैन् ।

 

कतिसम्म भने उसले अब प्रतियोगिताको फाइनल खेल हुने मैदान (पिच) का टुक्राहरू बिक्री गर्ने निर्णय गरेको छ। विश्वकपका टिकट र अन्य सामग्रीहरू महँगो मूल्यमा बिक्री गरेको भन्दै पहिले नै आलोचना खेपिरहेको फिफाले अब न्यु जर्सीको मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनल खेलका लागि प्रयोग हुने मैदानका साना टुक्राहरू प्रतिगोटा ४५० अमेरिकन डलरमा बिक्री गर्न लागेको हो।

 

फिफा स्टोरका अनुसार प्रत्येक टुक्राको आकार १७.५ गुणा वाइ गुणा १७.५ रहनेछन । यद्यपि, यी नापहरू इन्च, सेन्टिमिटर वा मिलिमिटरमध्ये कुन एकाइमा हुन् भन्ने कुरा खुलाइएको छैन। स्पष्टीकरण माग्दै पठाइएको इमेलको जवाफ फुटबलको सर्वोच्च निकायले तत्काल दिएको छैन्।

 

फिफाको वेबसाइटमा भनिएको छ, ‘फुटबल इतिहासको एक वास्तविक अंश—फिफा विश्वकप २०२६ को फाइनल खेल भएको मैदानको एक भाग—लाई सँगाल्नुहोस्।’ तर, मैदानका यी टुक्राहरू अमेरिका र युरोपका ठेगानाहरूमा मात्र पठाइने छन्। 

 

फुटबल प्रशंसकहरूले अहिले नै अर्डर गर्न सक्नेछन् र फाइनल खेलपछि ती टुक्राहरू उनीहरू कहाँ पठाइनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖