• Tuesday 6th of October 2026

अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले दिए अर्थ मन्त्रालयमा धर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । अस्थायी र करारमा कार्यरत कर्मचारीहरूले सेवा निरन्तरताको माग गर्दै मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।

सरकारले अस्थायी र करारका कर्मचारीलाई हटाई आउटसोर्सिङ प्रणालीमार्फत काम सञ्चालन गर्ने तयारी गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। वर्षौंदेखि विभिन्न मन्त्रालय तथा सरकारी निकायमा कार्यरत कर्मचारीहरूले आफूहरूको रोजगारी सुरक्षित गर्नुपर्ने माग गरेका छन्।

मंगलबार सबै मन्त्रालयका अस्थायी तथा करार कर्मचारीहरू अर्थ मन्त्रालयको मूलद्वारमा भेला भई प्रदर्शन तथा नाराबाजी गरेका थिए। उनीहरूले सरकारले आउटसोर्सिङ नीति लागू गरी आफूहरूलाई विस्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन्।

सरकारले खर्च कटौतीको नीति अन्तर्गत अस्थायी र करार कर्मचारीको संख्या घटाउने तयारी गरिरहेको छ। आन्दोलनरत कर्मचारीहरूले भने सेवा निरन्तरता सुनिश्चित गर्न र आफूहरूको रोजगारीको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖