काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई कैद सजाय सुनाएको छ।
अदालतको सजाय निर्धारण आदेशअनुसार रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
यस मुद्दामा अदालतले निर्धारण गरेको अधिकतम सजाय चार वर्ष कैद रहेको छ।
यसअघि अदालतले दुवैलाई दोषी ठहर गरेपछि मंगलबार सजाय निर्धारण गरेको हो।
