• Tuesday 6th of October 2026

४ मन्त्रीले दिए सामुहिक राजिनामा


  • धनकुटा खबर
  • .

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।

 

आज बिहान बसेको मन्त्रि परिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सयुक्त रुपमा राजीनामा बुझाएका हुन ।

 

प्रदेश सरकारमा सहभागी रहेर राम्रो काम गर्न नसकेको भन्दै कांग्रेस संसदीय दलको बैठकमा बेला बेला प्रश्न उठिरहेको बेला यो राजिनामा आएको हो । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖