• Tuesday 6th of October 2026

६ सचिवको सरुवा, अख्तियारसहित विभिन्न निकायमा जिम्मेवारी हेरफेर


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय तथा संवैधानिक निकायमा कार्यरत ६ जना सचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा विभिन्न मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

सरुवाअनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पठाइएको छ। त्यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी दिइएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव डिल्लीराम शर्मालाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त जिम्मेवारीसहित सरुवा गरिएको छ।

महिला मन्त्रालयको सचिवमा यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत कृष्णबहादुर राउतलाई जिम्मेवारी दिइएको छ।

सरकारले सरुवाको निर्णय गरे पनि सम्बन्धित सचिवहरूले हालसम्म नयाँ जिम्मेवारीमा पदबहाली गरिसकेका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖