• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

साउदीका सहयोगी विरुद्ध आक्रमण जारी राख्ने हुथीहरूको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ साउन । हुथीहरूले पूर्वी प्रान्त हद्रामौत र मारिब प्रान्तलाई लक्षित गरी कम्तीमा १२ वटा क्षेप्यास्त्र  प्रहार गरेका छन्।

 

यी यमनी सरकारका मुख्य आधार क्षेत्रहरू हुन्, जसमाथि पछिल्ला केही दिनयता हुथी समूहले आक्रमण गरिरहेको छ।

 

‘अन्सार अल्लाह, हुथी’का अधिकारीहरूका अनुसार, यमनी भूमिमा ‘साउदीका सहयोगी’ वा ‘साउदीका प्रतिनिधि’ अर्थात प्रोक्सी भनिने पक्षहरू विरुद्ध यस्ता क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू जारी रहने छन्।

 

अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकार माथि यस्तो आरोप लगाइएको छ। हुथी आन्दोलनको पछिल्लो भनाइ अनुसार, सरकारले ‘अन्सार अल्लाह, हुथी’ को पकड रहेका क्षेत्रहरूमा सम्भावित स्थलगत सैन्य कारबाहीका लागि साउदी अरेबियासँग समन्वय गरिरहेको उनीहरूको बुझाइ छ।

 

यसैबीच, यमनी सरकारले पनि केही विज्ञप्तिहरू जारी गर्दै भनेको छ कि यो द्वन्द्व अन्त्य हुने एउटै मात्र उपाय भनेको ‘अन्सार अल्लाह’ अर्थात सानास्थित सरकारले आफ्नो सत्ता र हाल आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमाथिको पकड त्याग्नु हो।

 

यमनका अधिकांश प्रान्तहरू अझै पनि ‘अन्सार अल्लाह, हुथी’ को नियन्त्रणमा छन् र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकार साउदी सहयोगको उपयोग गर्दै उनीहरूलाई सत्ताबाट हटाउने प्रयास गर्न चाहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖