• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको नयाँ भिडियो सार्वजनिक


  • धनकुटा खबर
  • .

तेहरान । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको युद्धपछिको पहिलो भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी ‘मेहेर’ले यो भिडियो जारी गरेको हो, जसमा मुजतबा भुइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ।

सर्वोच्च नेताको पद सम्हालेपछि मोज्तबा सार्वजनिक भएको यो पहिलो भिडियो हो। यद्यपि, यो भिडियो कहिले रेकर्ड गरिएको हो भन्नेबारे इरानी सञ्चारमाध्यमले स्पष्ट जानकारी दिएका छैनन्।

पछिल्ला केही दिनदेखि मोज्तबा खामेनेईको स्वास्थ्यलाई लिएर विश्वभर विभिन्न अड्कलबाजीहरू भइरहेका थिए। इजरायली टेलिभिजन ‘च्यानल १४’ले स्रोतहरूलाई उद्धृत गर्दै मोज्तबाको अवस्था गम्भीर रहेको र उनी अस्पताल भर्ना भएको दाबी गरेको थियो। कतिपय सञ्चारमाध्यमले त उनको चाँडै मृत्यु हुन सक्ने वा मृत्यु भइसकेको आशंका समेत गरेका थिए।

यो नयाँ भिडियो सार्वजनिक भएसँगै उनको मृत्यु र गम्भीर स्वास्थ्य अवस्थाबारे चलिरहेका हल्लाहरूमाथि ठुलो प्रश्न उठेको छ। इरानले यो भिडियोमार्फत आफ्ना नेता सुरक्षित र सक्रिय रहेको सन्देश दिन खोजेको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖