• Monday 5th of October 2026

रवि लामिछानेले रास्वपा सांसद र मन्त्रीसँग छलफल गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्ने भएका छन्।

बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल हुने रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

सरकारको काम प्रभावकारी बनाउने तथा संसद्मा पार्टीका सांसदले उठाउने विषय र सरकारका कामबीच समन्वय कायम गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ। बैठकमा रास्वपाका मन्त्री तथा सांसदलाई अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको बुर्लाकोटीले बताए।

बुर्लाकोटीका अनुसार सरकारका काम र सांसदहरूले संसद्मा उठाएका विषयबीच अपेक्षित तालमेल नमिलेको देखिएको छ। यही विषयमा सभापति लामिछानेले आवश्यक निर्देशन दिनेछन्।

उनले भने, ‘सरकारका काम र सांसदले सदनमा उठाएका विषयमा तालमेल नमिलेको जस्तो देखियो। यस सम्बन्धमा सभापतिले आवश्यक निर्देशन दिनुहुन्छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖