• Monday 5th of October 2026

जनता टेलिभिजनका अध्यक्ष पौडेल पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ।

पौडेललाई बिहीबार चेक बाउन्ससम्बन्धी मुद्दामा टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार दुई जना पूर्वकर्मचारीले पौडेलविरुद्ध १ लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

यसअघि जनता टेलिभिजनका पूर्वपत्रकार तथा पूर्वकर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनसमेत गर्दै आएका थिए।

पक्राउ परेका पौडेलमाथि चेक बाउन्ससम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖