• Monday 5th of October 2026

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा


  • धनकुटा खबर
  • .

 
काठमाडौं, ४ भदौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन् ।
 
चेक बाउन्सको मुद्दामा बिहीबार बानेश्वरस्थित टेलिभिजनको कार्यालयबाट पक्राउ परेका उनी अहिले साँझ रिहा भएका हुन् ।
 
उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए, सोही मुद्दामा उनी पक्राउ परेका थिए ।  

पूर्वकर्मचारीलाई बुझाउनुपर्ने १ लाख ५० हजार रकम बुझाएपछि उनी रिहा भएका हुन् ।

जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका थिए।
 
तर, समयमा चेक नसाटिए पछि पौडेल पक्राउ परेका हुन् । 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖