• Sunday 4th of October 2026

विमान दुर्घटना : ८ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

अलास्का । अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

अमेरिकी सेनाका अनुसार दक्षिणपश्चिमी अलास्काको केप नेभेनह्यामस्थित लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनास्थल नजिकै पुगेका उद्धारकर्ताले विमानमा सवार सबै जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अलास्कन कमान्डले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिहरू राडार क्षेत्रमा के कामका लागि थिए भन्नेबारे भने विस्तृत जानकारी दिइएको छैन ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अलास्कन कमान्डले जनाएको छ । मृतकका परिवारलाई जानकारी गराएपछि उनीहरूको पहिचानसहित घटनाबारे थप विवरण सार्वजनिक गरिने बताइएको छ ।

अलास्कन कमान्ड प्रमुख लेफ्टिनेन्ट जनरल रोबर्ट डेभिसले घटनालाई सैन्य परिवार तथा सेनामा कार्यरत समुदायका लागि ‘विनाशकारी क्षति’ भएको बताएका छन् । उनले दुर्घटनामा मृत्यु भएकाहरू महत्वपूर्ण मिसन पूरा गर्न समर्पित पेशेवर रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖