• Sunday 4th of October 2026

देउवाले जारी गरे ७ बुँदे अपिल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरका महाधिवेशन प्रतिनिधिबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन्।

उनले आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको स्पष्ट पार्दै कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा महाधिवेशनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवाले पछिल्लो ३५ वर्षमा मुलुकले हासिल गरेको विकास, परिवर्तन र उपलब्धिको समीक्षा गर्दै जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए।

उनले आगामी मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने तयारी रहेको उल्लेख गरे। संस्थापन पक्षले भने असोजमै महाधिवेशन गर्ने निर्णय गरेको छ।

भोटेकोशी बाढीको प्रसंग उल्लेख गर्दै देउवाले विपत्तिका बेला सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖