• Sunday 4th of October 2026

कृष्णभीर सडकखण्डको ९० प्रतिशत निर्माण सम्पन्न, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन


  • धनकुटा खबर
  • .

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार कृष्णभीरमा निर्माण गरिएको २७० मिटर सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माणको काम सम्पन्न भएको छ।

बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण भइरहेको कार्यालयले जनाएको छ। रातिको समयमा समेत कामलाई निरन्तरता दिन फ्लड लाइटको व्यवस्था गरिएको छ।

निर्माण कार्य अन्तिम चरणमा पुगेकाले असोज १ गतेदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖