• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बालेनको कालो चस्मा बारे न्युयोर्क टाइम्समा विशेष सामग्री


  • धनकुटा खबर
  • .

न्युयोर्क । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले लगाउने कालो चस्माबारे विशेष सामग्री प्रकाशित गरेको छ।

सेप्टेम्बर २४ मा प्रकाशित सामग्रीमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा समेत शाहले आफ्नो पहिचान बनेको कालो चस्मा नफुकालेको उल्लेख गरिएको छ।

सामग्रीमा र्‍यापरका रूपमा सक्रिय हुँदादेखि काठमाडौं महानगरपालिकाको मेयर र अहिले प्रधानमन्त्री हुँदासम्म कालो चस्मा शाहको सार्वजनिक पहिरनको हिस्सा बन्दै आएको चर्चा गरिएको छ।

न्युयोर्क टाइम्सले शाहको कालो चस्मा उनको सार्वजनिक छविसँग जोडिएको उल्लेख गर्दै नेपालमा उनको शैली पछ्याउँदै त्यस्तै चस्माको मागसमेत बढेको जनाएको छ।

शाहको कार्यालयका अनुसार चिकित्सकको सल्लाहअनुसार कडा उज्यालोबाट आँखाको सुरक्षा गर्न उनले चस्मा लगाउने गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖