• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

प्रचण्डले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


  • धनकुटा खबर
  • .

दाङ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका रूपमा उम्मेदवारी दिने निर्णय गरेको न्यौपानेले बताएका छन्। कांग्रेसलाई बलियो र व्यवस्थित संगठनका रूपमा स्थापित गर्नु आफ्नो मुख्य एजेण्डा रहेको उनको भनाइ छ।

नेविसंघका पूर्व सहमहामन्त्रीसमेत रहेका न्यौपाने कांग्रेसको १४औँ महाधिवेशनबाट लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भएका थिए। उनी लुम्बिनी प्रदेश कांग्रेसको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

दाङ क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने २०८१ मा लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्री बनेका थिए। उनले करिब दुई वर्ष उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

युवा नेता न्यौपानेले पार्टीमा पुस्तान्तरणको आवश्यकता औँल्याउँदै अग्रजको सम्मानसँगै युवाको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिँदै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖