• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनमा सहभागी भए रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी भएका छन्।

काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन लामिछाने केहीबेरअघि खुलामञ्च पुगेका हुन्।

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको थियो। सोही निमन्त्रणाअनुसार रास्वपा सभापति लामिछाने पनि समारोहमा सहभागी भएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖