काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अनुपस्थितिलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न उठाएका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिले संसद् खुला नरहेको सन्देश दिइरहेको उनको भनाइ छ ।
‘संसद् खुला छैन । संसद् बन्द छ, किनकी जुन संसद्ले, जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ । प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति र आफूलाई नबनाउने सांसद्का निम्ति पनि, यो संसद्को गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन । त्यो दिनसम्म संसद् खुला भएको हुँदैन’ उनले भने ।
काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
संसदभित्र सबै बिचार व्यक्त हुने र फरक विचार पनि सुन्ने अभ्यास हुने गरी खुला मञ्च चाहिएको बताए ।
समुदायभित्र, पार्टीहरूभित्र र सामाजिक सञ्जालमा समेत यस्तो खुला मञ्च चाहिएको बताए ।
