काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप लिग–२ को अन्तिम सिरिज खेल्न ओमान पुगेको छ।
ओमान र क्यानडासँगको यो सिरिजमा नेपालले चार खेल खेल्नेछ। पहिलो प्रतिस्पर्धा असोज २५ गते क्यानडाविरुद्ध हुनेछ।
नेपाल अहिले ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ। बाँकी चारै खेल जिते नेपालले आफ्नो अंक ३२ पुर्याउन सक्छ। तर शीर्ष चारमा पुग्न आफ्नै जितसँगै अन्य टोलीको नतिजाले पनि साथ दिनुपर्नेछ।
लिग–२ का शीर्ष चार टोली सिधै विश्वकप छनोटमा पुग्छन्। पुछारका चार टोलीले भने छनोट प्लेअफ खेल्नुपर्छ। त्यसैले शीर्ष चारमा नपर्दैमा नेपालको विश्वकप यात्रा सकिँदैन।
